सुदूर नेपाललाई विश्वसँग जोड्दै

रात्रिकालीन क्रिकेट सिरिज सम्पन्न

२०७७ मंसिर १६, ०८:२५ खबर संवाददाता

धनगढी :  धनगढीमा मंसिर १३ गतेदेखि जारी नेपालकै पहिलो रात्रीकालीन अन्डर १६ क्रिकेट सिरिज सप्पन्न भएको छ । शिखर युवा क्लबद्वारा आयोजित प्रतियोगिता सोमबार राति सम्पन्न भएको हो । 

प्रतियोगितको फाइनलमा १÷१ को बराबरीमा रहेको वारियर्स टीमले सिरिज आफ्नो कब्जामा पारेको थियो । पहिले ब्यटिग गरेको वारियर्सले निर्धारित ओभरमा ८५ रन मात्रै बनाउन सक्यो । 

जवाफी ब्याटिङ गरेको लायन्स टीमले लक्ष्य प्राप्त गर्न सकेन । ९ रनको हार बेहोर्न पुग्यो । नेपालमा रात्रीकालिन क्रिकेट विकास र सम्भावना अध्ययन गर्न प्रतियोगिता आयोजना गरेको आयोजक क्लबका अध्यक्ष अन्नत बोहरा बताउँछन् । आगामी दिनमा थप सशक्त भएर अगाडि बढ्ने अठोट उनको छ ।
 

कमेन्ट लोड गर्नुस