सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका सात स्थानीय तहमा अस्पताल निर्माण हुने

। फोटो स्रोत ।
२०७७ मंसिर १५, ०४:४० रासस

बैतडी : नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले बैतडीका सातवटा स्थानीय तहमा आधारभूत अस्पताल शिलान्यास गरिएका छन् । 

जिल्लाका दुई स्थानीय तहमा १५ शैया र पाँच स्थानीय तहमा १० शैया गरी सातवटा स्थानीय तहमा अस्पताल शिलान्यास गरिएका हुन् । स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार पाटन नगरपालिका र पुर्चौंडी नगरपालिकाको न्वाउदेउमा १५ शैयाको अस्पतालको शिलान्यास गरिएको हो । 

यस्तै सुर्नयाको रौलेश्वरमा, डिलाशैनी गाउँपालिकमा, शिवनाथ गाउँपालिकाको सुल्लेखानमा, पञ्चेश्वर गाउँपालिकाको कुलाउमा र दोगडाकेदार गाउँपालिकाको सित्तडमा १०/१० शैयाको अस्पताल शिलान्यास गरिएको हो । जिल्लाको सुर्नया गाउँपालिकामा निर्माण हुने अस्पतालको सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्ट र गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले संयुक्तरुपमा शिलान्यास गरेका छन् ।  

कार्यक्रममा प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्टले नागरिकको स्वास्थ्य सेवामा पहुँच पु¥याउनका लागि सरकारले पहल गरिरहेको बताएका छन् ।  

उनले भने, “स्वास्थ्य सेवा नागरिकको मौलिक हक भएकाले यो हकलाई प्रत्याभूत गर्न तिनै तहका सरकार लागिपरेका छन्”,  स्वास्थ्य सेवा नागरिकको आधारभूत सेवा भएकाले यो सेवा प्रत्याभूतका लागि सरकारकोतर्फबाट पहल भइरहेको छ”, उनले भने, “पालिकास्तरमा स्थापना भएका अस्पतालले स्वास्थ्य सेवा सुदृढीकरणमा सहयोग पुग्नेछ, सरकारले यसलाई स्वास्थ्य क्षेत्रमा ‘ठूलो क्रान्ति’का रुपमा पनि लिएको छ ।”

यस्तै सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले गाउँपालिकावासीको स्वास्थ्य सेवामा पहुँच पु¥याउनका गाउँपालिकाले पहल गरिरहेको बताए । पालिकास्तरमा बन्ने अस्पतालले नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच बढ्दै जाने पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले जानकारी दिए । 

सङ्घीय सरकारले १५ शैयाको अस्पतालका लागि एक करोड र १० शैयाको अस्पतालका लागि ८५ लाखका दरले बजेट पठाएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

कमेन्ट लोड गर्नुस