सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्रिकेटर लामिछानेलाई कोरोना संक्रमण पुष्टि

२०७७ मंसिर १३, ११:०६ खबर संवाददाता

धनगढी : क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर लामिछानेले शनिबार विहान सामाजिक सन्जाल ट्वीटरमार्फत् आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

उनले गत बुधबारदेखि शरीर दुःखेको जनाएका छन् । अहिले स्वास्थ्यमा सुधार भइरहेको र आफू होम आइसोलेसनमा रहेको बताएका छन् ।

सन्दीपले चाँडै सञ्चो भएर फिल्डमा पुनः फर्किने उल्लेख गर्दै प्रार्थना गर्न भनेका छन् ।

कमेन्ट लोड गर्नुस