सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा च्याउको बीउ उत्पादनका लागि प्रयोगशाला स्थापना

२०७७ मंसिर १२, ०८:०८ खबर संवाददाता

अछामः अछाममा च्याउको बिउ उत्पादन गर्ने प्रयोगशाला स्थापना गरिएको छ ।

 मंगलसेन नगरपालीकाको वडा नम्बर ५ सुन्तलाबारीमा च्याउको बिउ उत्पादन गर्ने प्रयोगशालाको स्थापना गरिएको हो । च्याउ ब्यावसाय सञ्चालन गर्दै आएका गुमानसिंह बटालाले च्याउको बिउ उत्पादनका लागि हिमाल च्याउ प्रयोगशाला स्थापना गरेका हुन् । उनले स्थापना गरेको प्रयोगशाला प्रतिनिधि सभा सदस्य यज्ञबहादुर बोगटीले उद्घाटन गरेका छन  । ८ लाखको लागतमा स्थापना गरिएको प्रयोगशालामा ४ लाख सुदूरपश्चिमको भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको कृषि ज्ञान केन्द्र अछामले अनुदान दिएको हो । 

प्रयोगशालाको उदघाट्न गर्दै प्रतिनिधि सभा सदस्य बोगटीले च्याउ ब्यावसायमा आवद किसानलाई सरकारले अनुदान दिएको बताए । उनले स्थानीय, प्रदेश र संघीय सरकारबाट अनुदानका लागि पहल गर्ने समेत बताए । सञ्चालक बटालाका अनुसार प्रयोगशालाले जिल्लाका अन्य किसानलाइ समेत च्याउको बिउ उपलब्ध गराउने छ । 
 

कमेन्ट लोड गर्नुस