सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको दशरथचन्द नगरपालिकामा १० दिन लकडाउन

। फोटो स्रोत ।
२०७७ मंसिर १२, ०७:४२ खबर संवाददाता

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा  १० दिन लकडाउन हुने भएको छ ।

जिल्ला सदरमुकाममा रहेको नगरपालिकामा मंसिर १३ गतेदेखि २३ गतेसम्म १० दिनका लागि नगर क्षेत्र लकडाउन गर्ने निणर्य गरेको हो ।

नगरपालिकामा १८ जना कोरोना सक्रिय संक्रमित रहेका र कोरोना संक्रमणको जोखिम बढेको भन्दै १० दिनका लागि लकडाउन गर्ने निणर्य भएको सूचना अधिकारी टिकेन्द्र प्रसाद भट्टले जानकारी दिए ।


नगरपालिकाले यातायात पूर्ण रुपमा बन्नद गरेको छ । तरकारी र फलफुल पसलहरुलाई बिहान ७ देखि ११ बजेसम्मका लागि मात्र सञ्चालनको अनुमति दिएको छ । नगरपालिका र वडा कार्यालयका काम समेत बन्द गरिने भएको छ । नगर क्षेत्रभित्र कुनै पनि प्रकारका सभा, सम्मेलन तथा बैठक गर्न नपाइने निणर्य गरेको भट्टले बताए । 

नगर क्षेत्रभित्र रहेका बैंक तथा बित्तीय संस्थाहरुले हप्तामा आइतबार, मंगलबार र बिहीबार मात्रै खुला हुनेन् ।  नगर क्षेत्रभित्र रहेका संघीय र प्रदेश सरकार मातहतका कार्यालय समेत बन्द गर्न अनुरोध गर्ने निणर्य गरेको छ ।
 

कमेन्ट लोड गर्नुस