नेपाली राष्ट्रिय क्रिकेट टोलीका ३ खेलाडीलाई कोरोना संक्रमण
धनगढी: नेपाली राष्ट्रिय क्रिकेट टोलीका ३ खेलाडीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।
कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेललाई भाइरस संक्रमण पुष्टि भएको नेपाल क्रिकेट संघ(क्यान)ले जनाएको छ।
क्यानले बन्द प्रशिक्षणका लागि बुधबारदेखि नै खेलाडीलाई बोलाएको छ। कोरोना संक्रमणका कारण ३ खेलाडी तत्काल बन्द प्रशिक्षणमा सहभागी नहुने भएपछि क्यानले अन्य ५ खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागी हुन बोलाएको छ।