सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्रिकेट टोलीका कप्तान मल्ला सहितका ३ खेलाडीलाई कोरोना पुष्टि

२०७७ मंसिर १०, ०८:३२ खबर संवाददाता

धनगढीः राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल सहितका ३ जना खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार कप्तान मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र प्रदिप लामालाइ कोरोना संक्रमण पुष्टि भएको हो । लामा ग्राउन्ड स्टाफ हुन् । 

३३ जनाको कोरोना परिक्षणका लागि नमूना संकलन गरिएकोमा उनीहरुमा संक्रमण देखिएको हो । क्यानले क्लोज क्याम्पका लागि विक्रम सोव, अनिल साह, कुशल भुर्तेल, रित गौतम र लोकश बमलाई बोलाएको छ । 

कमेन्ट लोड गर्नुस