दार्चुलाको जोलजीवी पुल खुलाउन आग्रह

दार्चुला: दार्चुलाका मालिकार्जुन र लेकम गाउँपालिकाले भारतबाट पेन्सन बुझ्ने नेपालीहरुको लागि पुल खुलाउन समन्वय गरिदिन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेका छन्।
दुई स्थानीय तहका पेन्सनधारीहरुले खलंगा नाका भएर आउन समस्या हुने भएपछि जौलजीवी नाकाको पुल खुलाउन आग्रह गरिएको हो।

स्थानीय तहको आग्रहको आधारमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय प्रशासनसँग जौलजीवी नाका निश्चित सयमका लागि खोलिदिन पहल गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले बताए।

२ वटा स्थानीय तहले लिखित तथा मौखिक जानकारी गराएपछि निश्चिम समयको लागि पेन्सनधारीको लागि पुल खुलाउन पहल गर्ने निर्णय भएको हो।

कोरोनाका कारण सीमानाका जौलजीवी पुल गत चैतदेखि बन्द छ। जसका कारण पेन्सनधारीलाई पेन्सन बुझ्न समस्या हुँदै आएको छ।