सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्यमा एक हजार रुपैयाँले ह्रास

२०७७ मंसिर १०, ०१:२९ रासस

काठमाडौँ : स्थानीय बजारमा आज पनि सुनको भाउ ओरालो लागेको छ ।

कोरोना भाइरसविरुद्धको खोपले क्रमशः सफलता हाँसिल गरेको समाचार अन्तर्राष्ट्रिय रुपमा नै सार्वजनिक भएपछि विश्वव्यापी रुपमा नै सुनको भाउ क्रमशः ओरालो लागेको छ । प्रभावस्वरुप नेपाली बजारमा समेत पहेंलो धातुको भाउमा ह्रास आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले घटेको छ । महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ५०० मा कारोवार भएको छ ।

मङ्गलबार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोवार भएको छापावाला सुन आज एक हजारले घटेको हो । यस्तै मङ्गलबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको तेजाबी सुन पनि आज प्रतितोला एक हजारले ओरालो लागेर ९१ हजार रुपैयाँमा कारोवार भएको छ । यस्तै चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको छ ।

मङ्गलबार प्रतितोला एक हजार १८० रुपैयाँमा कारोवार भएको चाँदी आज भने प्रतितोला एक हजार १७५ रुपैयाँमा कारोवार भएको छ । केही समय पहिले सुुनको भाउ प्रतितोला एक लाख दुई हजार रुपैयाँसम्म पुगेको थियो ।

कमेन्ट लोड गर्नुस