सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्य घट्यो

२०७७ मंसिर ९, ०१:५४ रासस

काठमाडौँ: स्थानीय बजारमा सुनको मूल्यमा आज प्रतितोला  एक हजार ८०० ले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ५०० मा कारोबार भएको छ । सोमबार प्रतितोला  ९४ हजार ३०० मा कारोबार भएको छापावाला सुन आज  एक हजार ८०० ले ओरालो लागेको हो । 

यस्तै तेजाबी सुन प्रतितोला ९२ हजारमा कारोबार भएको छ । सोमबार तेजाबी सुन प्रतितोला ९३ हजार ८०० मा कारोबार भएको थियो । 

यस्तै चाँदीको मूल्यसमेत ओरालो लागेको छ । सोमबार चाँदी प्रतितोला १ हजार २१० मा कारोबार भएकामा आज प्रतितोला ३० ले ओरालो लागेर १ हजार १८० मा कारोबार भएको छ । 

कमेन्ट लोड गर्नुस