सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा महिलाका लागि स्यानेटरी प्याड उद्योग सञ्चालन

२०७७ मंसिर ७, १०:५१ खबर संवाददाता

धनगढीः अछाममा पहिलो पटक स्यानेटरी प्याड उद्योग सञ्चालनमा आएको छ ।

जिल्लाको साँफेबगर नगरपालिकामा दिदि बहिनी जैविक स्यानेटरी प्याड उद्योग सञ्चालनमा आएको हो । आईतबार उद्योगको कार्यालय स्थापना गरिएको छ । कार्यालयको सुदूरपश्चिम प्रदेशसभा सदस्य हर्कबहादुर कँुवर (गोविन्द)ले उद्घाटन गरे । उद्घाटनका क्रममा सासद कुँवरले प्याड उद्योगलाई निरन्तरता दिन प्रदेशबाट बजेट बिनियोजन गर्ने बताए ।

बिगत एक वर्ष पहिलेदेखि नै प्याड बनाउने कामको सुरुवात गरे पनि हाल औपचारिक रुपमा उद्योग दर्ता गरी जैविक प्याड उद्योग संचालनमा आएको महिला अधिकारकर्मी तथा छाउपडि कुप्रथा अन्त्यकी अभियान्ता पशुपती कुँवरले बताईन ।

अभियान्ता कुँवरले छाउपडि गोठ मात्र भत्काएर छाउपडि प्रथाको अन्त्य नहुने भन्दै महिनावारी भएका बेला सहज र सस्तो तरिकाले प्याड उपलब्ध गराउन सकेमात्र महिनावारी व्यवस्थीत र सुरक्षित हुने बताईन । जैविक प्याड उद्योगका सञ्चालक किथ्थी टमट्टाले अब आफुहरुले उत्पादन गरेका जैबिक प्याडहरु अछामका १० पालिकाका ९१ वडामा पुर्याउने लक्ष्य रहेको बताईन् । यसका लागी स्थानीय तहको सहयोग चाहिने उनको भनाई छ ।

उनले एक वर्ष पहिलेदेखि नै प्लाटिन र सुतीको कपडा प्रयोग गरी प्याड बनाउने कामको सुरुवात गरेर बितरण गर्दे आईरहेको बताईन । साँफेबगरमा रहेको सेभ हाउसमा आएका हिँसा पीडित महिलाहरुलाई स्वरोजगार बनाउन समेत यस उद्योगले टेवा पुग्ने बिश्वास गरिएको छ ।

कमेन्ट लोड गर्नुस