सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा भीरबाट लडेर युवतीको ज्यान गयो

२०७७ मंसिर ७, ०४:२४ खबर संवाददाता

बझाङ: बझाङमा भीरबाट लडेर एक युवतीको ज्यान गएको छ । 

ज्यान जानेमा बुंगल नगरपालिका ६ जुजुनैका २० वर्षीया करिस्मा सिंह रहेका छन् । उनको आइतबार दिउँसो गोठालो गएको बेला भीरबाट करिब १५ मिटर तल खसेर ज्यान गएको प्रहरीले जनाएको छ । 

उनी छारे रोगबाट समेत ग्रस्त रहेको जनाइएको छ । 

यसअघि मंसिर ३ गते थलारामा १२ वर्षीया बालिका र दुर्गाथलीमा २७ वर्षीया महिलाको भीरबाट लडेर ज्यान गएको थियो । 

यो घटनासँगै बझाङमा गत साउन यता भीरबाट लडेर ज्यान गुमाउनेको संख्या १० जना पुगेको बझाङ प्रहरीको तथ्यांकमा उल्लेख छ ।

कतिपय प्रहरीको सम्पर्कमा नआउने गरेका छन् ।

कमेन्ट लोड गर्नुस