सुदूर नेपाललाई विश्वसँग जोड्दै

भिरबाट लडेर युवकको मृत्यु

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर । फोटो स्रोत ।
२०७७ मंसिर ६, १०:५० रासस

प्युठानमा भिरबाट लडेर आज एक युवकको मृत्यु भएको छ । 

प्युठान नगरपालिका वडा नं ६ झुलेनी घुमेर फर्कने क्रममा प्युठान नगरपालिका वडा नं ४ स्थित रक्तेपोखरी भिरबाट लडेर प्युठान नगरपालिका वडा नं २ क्वाडीका २० वर्षीय युवक राहुल घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय विजुवारले जनाएको छ ।

छ जना युवकको समूह झुलेनी पुगेको र फर्कने क्रममा राहुल भिरबाट लडेको इलाका प्रहरी कार्यालय विजुवार प्युठानका प्रहरी निरीक्षक प्रकाश खत्रीले बताए । राहुलको शव १५० मिटर तल भेटिएको थियो ।  
 

कमेन्ट लोड गर्नुस