सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका पार्की ओलम्पिकमा छनोट

२०७७ मंसिर ६, ०३:२९ खबर संवाददाता

काठमाडौं:  १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा नेपाललाई ऐतिहासिक गोल्ड मेडल विजेता धनगढीका गोपिचन्द्र पार्की टोकीयो ओलम्पिकका लागि छनोट भएका छन् । नेपालगन्ज म्याराथनको छैटौं संस्करणमा विजेता बनेसँगै उनले टोकियो ओलम्पीकमा स्थान पक्का गरेका हुन् ।

ओलम्पिक छनोट प्रतियोगिताका रुपमा समेत रहेको नेपालगन्ज म्याराथन विभागीय टीम नेपाल एपिएफ क्लबका धावक गोपीचन्द्र पार्कीले जितेका हुन् । च्याम्पियन बनेका पार्कीले ७५ हजार हात पारेका छन् ।

शनिबार बिहान भएको म्याराथनमा सागमा ५ हजार मिटर दौडका स्वर्ण विजेता पार्कीले विभागीय टोली त्रिभुवन आर्मी क्लबका कृष्णा बस्नेतलाई पछि पार्दै च्याम्पियन बनेका हुन् । पार्कीले निर्धारित ४२.१९५ किलोमिटर दुरी २ घन्टा १८ मिनेट ५९ सेकेन्डमा पुरा गरेका हुन ।
 

कमेन्ट लोड गर्नुस