सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा कार्यथलो फर्कनेको सङ्ख्या बढ्दै

२०७७ मंसिर ६, ०९:०१ रासस

बैतडी : बैतडीमा तिहार सकिएलगत्तै कार्यथलो फर्कनेको सङ्ख्या बढ्दै गएको छ । 

दशैँ र तिहारका लागि घर फर्किएका बैतडीका नागरिक कार्यथलो फर्कन थालेका हुन् । जिल्लाका विभिन्न राजमार्गमा हाल सवारी साधन यात्रुको घुइँचो लाग्ने गरेको मुस्याचौरका व्यापारी मानबहादुर टेरले बताए । कोरोना कहरका कारण विगतका वर्षहरुमा जस्तो भीडभाड नभएपनि फर्कनेको सङ्ख्या भने साधारण अवस्थाको भन्दा बढी रहेको टेरको भनाइ छ ।

विभिन्न रोजगारीका सिलसिलामा रहेका तिहार सकिएलगत्तै आफ्नो कर्मथलो फर्किन थालेका हुन् । यसका साथै पढाइका लागि जिल्ला बाहिर रहेका पनि फर्करहेका हुन् । कोरोना कहरका कारण गत विगतको जस्तो दशैँ र तिहारको रौनक पनि नभएको उनीहरुको भनाइ रहेको छ । 

अझैपनि कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्यका मापदण्डको पालना गर्दै यात्रा गर्न स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् । 

कमेन्ट लोड गर्नुस