कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले दियो शोक विदा
धनगढी : कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले आइतबार (७ गते) शोक विदा दिने भएको छ ।
गाउँपालिकाको वडा नम्बर ५ का अध्यक्ष कृष्णबहादुर रोकायाको निधन भएपछि गाउँपालिकाले शोक विदा दिने भएको हो ।
५७ वर्षीय वडाध्यक्ष रोकाया शुक्रबार विहान सोही वडास्थित किसान मध्यवर्ती सामुदायिक वनको एउटा रुखमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।
त्यसपछि गाउँपालिकाको आज बसेको आकस्मिक बैठकले आइतबार गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी कार्यालयमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
साथै गाउँपालिकाले सूचना जारी गरी मृतक वडाअध्यक्ष प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति सहानुभूति एवं समवेदना प्रकट गरेको छ ।