सुदूर नेपाललाई विश्वसँग जोड्दै

संसदीय टोली शे–फोक्सुण्डो निकुञ्जमा

२०७७ मंसिर ५, ०४:२८ रासस

डोल्पा : प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापतिसहितको संसदीय टोली यहाँ आएको छ । 

समितिका सभापति पूर्णकुमारी सुवेदीको नेतृत्वमा स्थलगत अध्ययन भ्रमण समितिका सदस्य भवानीप्रसाद खापुङ, भूपेन्द्रबहादुर थापा र राजबहादुर क्षेत्रीको टोली शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा पुगेको हो । सो टोलीले निकुञ्ज क्षेत्रको स्थलगत अध्ययन गर्नाका साथै निकुञ्जका विषयमा स्थानीयबासीसँग छलफल गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । टोलीले निकुञ्ज क्षेत्रका विभिन्न गाउँवस्तीमा बसोवास गर्ने स्थानीयसँग संरक्षणका गतिविधिमा छलफल गर्ने जनाइएको छ । 

कुञ्जका निमित्त संरक्षण अधिकृत सरोजमणि पौडेलले भने, “निकुञ्जको मुख्य क्षेत्रमा मात्रै २४ गाउँवस्ती छन् । स्थानीयबासी आवश्यकता र विकास निर्माणका कुरा छन् । निकुञ्जका ऐनकानूनले निकुञ्ज क्षेत्रमा विकास गर्नुपूर्व राष्ट्रिय निकुञ्ज विभागको अनुमति लिनुपर्ने प्रावधान राखेको छ ।” 

निकुञ्ज, स्थानीय सरकार र नागरिकबीच विवाद नआउने किसिमले नयाँ ऐन कानून निर्माण गर्ने कि भएको कानूनलाई थप कडाइ गर्न सघाउने भन्ने विषयमा समेत संसदीय टोलीको विशेष चासो रहेको निकुञ्जको भनाइ छ । निकुञ्ज क्षेत्रभित्र पाइने बहुमूल्य जडीबुटीको उपभोग जिल्लाका नागारिकले मात्रै गर्न पाउने व्यवस्था गरेमा निकुञ्ज संरक्षणमा थप सजिलो हुने जनाइएको छ । 

यसबाट नागरिकको आयस्तरमा समेत वृद्धि हुने निकुञ्जको विश्वास छ । निकुञ्ज स्थापनाको आवश्यकता र औचित्य सबैले बुझ्न जुरुरी रहेको संरक्षण अधिकृत पौडेलको भनाइ छ । समितिले निकुञ्ज क्षेत्रमा पर्ने छेप्का, रिग्मो र जिल्ला सदरमुकाम दुनैमा समेत छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।  

कमेन्ट लोड गर्नुस