सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा अरिङ्गालले टोकेर गम्भिर घाइते भएका रावललाई हेलिकोप्टरमार्फत काठमाडौँ लगियो

२०७७ मंसिर ५, ०४:११ खबर संवाददाता

धनगढी : अछाममा अरिङ्गालले टोकेर गम्भिर घाइते भएका गोकर्ण रावललाई हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको छ ।

बान्नीगढी जयगढ गाउँपालिका–५ सुगालीका ४८ वर्षीय रावललाई कार्तिक २ गते राति अरिङ्गालले टोकेको थियो ।

अरिङ्गालको टोकाइबाट गम्भिर घाइते भएका उनलाई बयलपाटा अस्पताल पुर्याइएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि उनलाई बिहीबार बिहान सेती प्रादेशिक अस्पताल ल्याइएको थियो । 

रावललाई थप उपचारका लागि भेन्टिलेटरसहित हेलिकोप्टरमार्फत शुक्रबार काठमाडौँको ग्राण्डि अस्पताल लगिएको सूदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराका स्वकिय सचिव पंकज शाहले बताए ।

हेलिकोप्टरको खर्च सुदूरपश्चिम प्रदेश सरकारले बेहोर्ने शाहले बताए ।
 

कमेन्ट लोड गर्नुस