सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेलडाँडी गाउँपालिका ५ का वडा अध्यक्ष झुण्डिएको अवस्थामा फेला

२०७७ मंसिर ५, १२:३३ रक्षा भट्ट

धनगढी : कञ्चनपुर जिल्लाको वेलडाँडी गाउँपालिकाका ५ नंं. वडाध्यक्ष कृष्ण रोकाया (५७) झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

सो वडास्थित मध्यवर्ती किसान सामुदायिक वनमा उनी शुक्रबार रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

ईलााका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहका अनुसार उनी विहान ७ बजे घरबाट निस्केका थिए ।

घटनावारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । उनको घर र सो सामुदायिक वनबीचको दूरी २ सय मिटर रहेको छ ।
 

रक्षा भट्ट दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछिन्।

कमेन्ट लोड गर्नुस