सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा स्वाब संकलन नहुँदा ३ दिनदेखि कोरोना परीक्षण रोकियो

सांकेतिक तस्विर
सांकेतिक तस्विर
२०७७ मंसिर ४, ०७:२१ खबर संवाददाता

अछाम: अछामको एकमात्र कोरोना प्रयोगशालामा विगत ३ दिनदेखि स्वाब संकलन नहुँदा परीक्षण रोकिएको छ । कमलबजार नगरपालिकाले स्थापना गरेको प्रयोगशाालामा स्थानीय तहहरुले स्वाब संकलन गरी नपठाउँदा परीक्षण रोकिएको हो ।

कुनैबेला २४ घण्टामा १ सय २८ जनाको परीक्षण गरेको प्रयोगशालामा विगत ३ दिनदेखि स्वाब नँहुदा परीक्षण ठप्प भएको प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर बिष्टले बताए । 

परीक्षणका लागि स्वाब संकलन हुन छाडेकाले प्रयोगशालामा कार्यरत स्वास्थकर्मीहरु समेत फुर्सदिला बनेका छन् । स्वाव नै संकलन नभएपछि जिल्लामा कोरोनाको जोखिम बढ्दै गएको अधिकारीहरु बताउँछन् । 

कमेन्ट लोड गर्नुस