सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाका २ वटा सीमा नाका २ दिन खोलिने

२०७७ मंसिर ४, ०३:५७ नरेन्द्र कार्की

दार्चुला: जिल्लाका दुईवटा नाका दुई दिन खुला गरिने भएको छ । व्यासी सौका समुदायको बसाइँसराइलाई मध्यनजर गर्दै सीमा पुल दुई दिन खुला गर्न लागिएको हो ।

व्यासमा रहेको सीतापुल नाका बुधबार खोलिएको छ । व्यास कुञ्जा वासीलाई सदरमुकाम खलङ्गा झर्न पुल खोलिएको हो । यस्तै व्यासी  खलङ्गा पुगेको दिन यही मङ्सिर ८ गते दार्चुला–धार्चुला जोड्ने पुल खुला हुने जनाइएको छ । यस्तै मङ्सिर १९ गते सीतापुल पुनः खोलिनेछ । छाङ्गरुको कुञ्चा–खलङ्गा पुग्ने दिन मङ्सिर २४ गते दार्चुला–धार्चुला जोड्ने पुल खुला हुने छ । 

स्वदेशकै बाटो भएर खलङ्गा आउन सकिने अवस्था नरहेपछि व्यासी सौका समुदायहरुले भारतको बाटो प्रयोग गर्दै खलङ्गा आएका हुन् । बुधबार छाङ्गरुका ६० परिवारको कुञ्चा– खलङ्गा झरेका छन् । 

सीतापुल नाकाबाट भारतको बाटो भएर कुञ्चा– खलङ्गा झरेको व्यास गाउँपालिका वडा नं १ का वडाध्यक्ष अशोकसिंह बोहराले जानकारी दिए । तिङ्करबाट खलङ्गा पुग्न पाँच दिन लाग्ने बताइएको छ ।

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस