सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको जडाङ्गमा माघभित्र बेलिब्रिज बन्ने

२०७७ मंसिर २, ०२:०५ प्रकाश सिंह

बाजुरा: बाजुराको साँफे–मार्तडी सडकखण्ड अन्तर्गत जडाङ्ग नदिमा माघ महिनाभित्र बेलिबिज्र बन्ने बताइएको छ । बेलिब्रिज निर्माणका लागि १ करोड ८८ लाखको ठेक्का सम्झौता भइसकेकाले माघभित्र बेलिब्रिजको काम सम्पन्न हुने सडक डिभिजन साँफे बगरका प्रमुख ललित खनालले बताएका छन् । 

एम/एस एमके बिल्डरर्स एण्ड कन्सट्रक्सन कम्पनी, धनगढी कैलालीको नाममा उक्त बेलिब्रिजको ठेक्का स्विकृत गर्ने आशय निकालिसकेको खनालले जानकारी दिए । 

कैलालीको गोदावारीमा मौज्दात रहेको बेलिब्रिज ल्याउने गरी काम सुरु भएको सडक विभागले जनाएको छ । पुरानै बगाएको ठाँउमा उपयुक्त ठाँउ हेरेर बेलिबिज्र निर्माण गर्न लागेको सडक डिभिजन कार्यालय साँफे बगरका ईन्जीनियर दमन बिष्टले जानकारी दिए । 

साउन २५ गते राति बुढीगंगा नदिमा आएको बाढिले बेलिब्रिज बगाएको थियो । नदिमा रहेको बेलिब्रिज बगाएपछि सदरमुकाम मार्तडीसम्मको सडक सम्पर्क बिच्छेद भएको थियो ।

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस