सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा मोटरसाइकल र जीप ठोक्किँदा २ जना घाइते

फाइल फोटो
फाइल फोटो
२०७७ कार्तिक ३०, ०३:१६ खबर संवाददाता

डोटीः डोटी मोटरसाइकल र जीप ठोक्किँदा २ जना घाइते भएका छन् जिल्लाको जोरायल गाउँपालिका– ४ लक्ष्मीनगरको क्याम्पसरोड नजिकै से१ज ६९७ नम्बरको जीप र से७प ४१९१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा परी जोरायल गाउँपालिका–४ पिपलकण्डेका मोटरसाइकल चालक ४२ वर्षीय  मिनबहादुर बोहरा र उनकी श्रीमती ३६ वर्षीया गोमतीदेवी बोहरा घाइते भएका छन् ।

घाइतेलाई उपचारका लागि धनगढी पठाइएको इलाका प्रहरी कार्यालय जोरायलका इञ्चार्ज सइ महेन्द्र थापाले जानकारी दिए ।

जीप चालकले घाइतेको सम्पूर्ण उपचार गर्ने शर्तमा घाइतेहरुलाई सोही जिपमा धनगढी पठाइएको छ ।

कमेन्ट लोड गर्नुस