सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीका पहिलो जिविस सभापति तथा कांग्रेस नेता उपाध्यायको निधन

२०७७ कार्तिक ३०, ०१:२१ खबर संवाददाता

डोटी: डोटी नेपाली कांग्रेस डोटीका नेता तथा पूर्व जिल्ला विकास समितिका सभापति केशवराज उपाध्यायको निधन भएको छ । दमका बिरामी नेता उपाध्यायको उपचारका क्रममा नेपालगञ्ज स्थित कोहलपुर अस्पतालमा निधन भएको हो ।

काठमाण्डौंबाट दशैंका लागि कैलाली आएका ७४ वर्षीय नेता उपाध्यायको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नेपालगञ्ज स्थित कोहलपुर अस्पताल लगिएको थियो । उनको आइतबार बिहान अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

बहुदल आएपछि २०५९ सालमा जिल्ला विकास समितिको पहिलो सभापतिमा निर्वाचित उपाध्याय विद्यार्थी जीवनकाल देखि नै राजनीतिमा सक्रिय थिए ।

नेता उपाध्यायको कैलालीस्थित टिकापुरमा आजै दाहसंस्कार गरिने नेपाली कांग्रेस डोटीका नेता लक्ष्मीराज पाठकले जानकारी दिए ।

कमेन्ट लोड गर्नुस