सुदूर नेपाललाई विश्वसँग जोड्दै

डा. केसीले सरकारी उपचार खर्च नलिने

फाइल फोटो
फाइल फोटो
२०७७ कार्तिक २९, ०३:४३ खबर संवाददाता

धनगढी: डाक्टर गोविन्द केसीले सरकारले बेहोर्छु भनेको उपचार खर्च नलिने भएका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै डा. केसीले सरकारको उपचार खर्च नलिने जनाएका हुन् ।

‘सरकारले मेरो उपचार खर्च बेहोर्छु भनेको सन्दर्भमा मेरो उपचार खर्च म आफैं बेहोर्छु बरु सरकारले आफ्ना नागरिकप्रतिको कर्तव्य पूरा गरोस्’ उनले भनेका छन् ।  

उनले आफू कोरोना संक्रमित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको स्वास्थलाभको शुभकामना सन्देशप्रति खुशी व्यक्त गरेका छन् । ‘कोरोना संक्रमित विपन्न र दूरदराजका नागरिक जसलाई निःशुल्क उपचार आवश्यक छ । उनीहरूले अहिलेसम्म उपचार पाउन सकेका छैनन् । अझै पनि सरकारको ध्यान व्यक्ति विशेषको उपचार खर्च बेहोर्नुभन्दा सबै विपन्न नागरिकको उपचार खर्च बेहोर्नेमा हुनुपर्दछ’, उनले विज्ञप्तिमार्फल भनेका छन् । 

आफूसँग पटक पटक गरिएका सम्झौता कार्यन्वयन भएको भए देशका दूरदराजदेखि सबै भेगमा ठूला सरकारी अस्पताल, मेडिकल कलेज बन्ने र जनताले अहिलेको अवस्था भोग्नु नपर्ने उनले बताएका छन् ।  यसो गरे सबै जनताले कोरोना साथै सम्पूर्ण रोगको गुणस्तरीय, निःशुल्क र सर्वसुलभ रुपमा स्वास्थ सेवा पाउने बताए ।
 

कमेन्ट लोड गर्नुस