बैतडी बस दुर्घटनामा मृत्यु भएका परिवारलाई जनही ५० हजार
बैतडी : बैतडीको खोड्पे बस दुर्घटनामा मृत्यु भएका परिवारलाई किरिया खर्च उपलब्ध गराइएको छ । शुक्रबार पवनदुत अटो मेनेजमेन्ट प्रालिले उनीहरुलाई जनही ५० हजारका दरले किरिया खर्च उपलब्ध गराएको हो ।
बैतडीको पाटन नगरपालिका–८ खोडपेस्थित दशरथ चन्द राजमार्गमा बिहिबार राति बस दुर्घटना हुँदा ९ जनाको ज्यान गएको थियो । दुर्घटनामा ज्यान गुमाउने सबैको परिवारलाई जिल्ला प्रहरी कार्यालय बैतडीमा किरिया खर्च दिइएको पवनदूत अटो मेनेजमेन्ट प्रालिका प्रबन्धक बिरेन्द्रबहादुर शाहले बताए ।
ना५ख ५१४१ नम्बरको बस दुर्घटनामा परी ३४ जना घाइते भएका छन् ।