सुदूर नेपाललाई विश्वसँग जोड्दै

महेन्द्रनगर म्युजियम र स्टेच्यू अफ सिद्धनाथाबाबा सर्वसाधारणका लागि खुला

२०७७ कार्तिक २८, ०५:४५ खबर संवाददाता

धनगढी : कञ्चनपुरको भीमदत्त नगरपालिकामा क्याप्टेन वेद उप्रेती ट्रस्टले निर्माण गरेको स्ट्याचु अफ सिद्धनाथबाबा र महेन्द्रनगर म्युजियम परिसर सर्वसाधारणका लागि खुला गरिएको छ । 

म्युजियम पूर्णरुपमा बन्द हुँदा फोटो खिच्ने, टिकटक बनाउने युवायुवतीहरुले दवाब दिएपछि निर्माणाधिन म्युजियम बाहेक स्ट्याचु अफ सिद्धनाथाबाबा र म्युजियम परिसर शुक्रबारदेखि खुला गरेको ट्रस्टले जनाएको छ । 

म्युजियमभित्र अप्स एण्ड डाउन, थ्रिडी र ईलुजन सेक्सनहरु रहेका छन् । म्युजियम परिसरबाहिर स्ट्याचु अफ सिद्धनाथाबाबा, स्विमीङ पुल, नौ धारा, हेलिकोप्टर र सुदूरपश्चिमका पर्यटकीय स्थलहरुका हवाई चित्रहरु रहेका छन् ।

युवायुवतीहरुलाई लक्षित गरेर बनाइएको उक्त म्युजियम धार्मिक दृष्टिकोणले महत्वपूर्ण रहेको र म्युजियमभित्र रहेको अप्स एण्ड डाउन म्युजियम सेक्सन नेपालकै पहिलो म्युजियम हुने जनाइएको छ ।  

सात वर्षदेखि निर्माणाधीन सो म्युजियम यस वर्षको वैशाखदेखि सञ्चालनमा ल्याउने लक्ष्य रहेको भएपनि लकडाउनका कारण निर्माण कार्य समयमै सञ्चालन गर्न नसकिएको जनाइएको छ ।

कमेन्ट लोड गर्नुस