सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा अटोरिक्सा दुर्घटना, ४ जना घाइते

फाइल फोटो
फाइल फोटो
२०७७ कार्तिक २८, ०५:३६ खबर संवाददाता

डोटी: डोटीमा अटोरिक्सा दुर्घटना हुँदा ४ जना यात्रु घाइते भएका छन् ।

जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ राजपुरबाट पिपल्ला बजारतिर जादै गरेको लु१स ८८४८ नम्बरको अटोरिक्सा कुलपातेमा दुर्घटना भएको हो ।

अटोमा सवार गणेशबहादुर सिंह, सकुन्तला पार्की, शुशिला चुनारा र तेजीका चुनारा घाइते भएको प्रहरीले जनाएको छ । 

घाइतेहरुको अवस्था सामान्य रहेको बताइएको छ । 

कमेन्ट लोड गर्नुस