डोटीका थप ९ जनामा कोरोना पुष्टि
२०७७ कार्तिक २८, ०३:०२
धनगढीः डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएको छ । ५१ जनाको कोरोना परीक्षण भएकोमा ९ जना नयाँ र १ जना फ्लोअपको नतिजा पोजेटिभ आएको अस्पतालले जनाएको छ ।
अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले डोटीको दिपायल सिलगढी नगरपालिकाका ८ जना र प्रहरी कार्यालयमा कार्यरत एक जनामा कोरोना संक्रमण भेटिएको बताए ।
कमेन्ट लोड गर्नुस