सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी बस दुर्घटना अपडेट : ११ जनाको माया मेट्रोमा उपचार हुँदै

२०७७ कार्तिक २८, ११:०९ खबर संवाददाता

धनगढी : बैतडीको पाटन नगरपालिका–८ को खोड्पेमा गए राती भएको बस दुर्घटनामा परी गम्भीर घाईते भएका ११ जनालाई थप उपचारका लागि धनगढी ल्याईएको छ । उनीहरुलाई आज विहान अस्पताल पुराईएको हो ।

गम्भीर घाईतेहरुको उपचार भईरहेको माया मेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र सावदले जानकारी दिए ।

उनका उनुसार बैतडी दुर्घटनाका घाईते बिरेन्द्र घर्तीमगर, विरेन्द्र चौधरी, सुरज विक, लोकेन्द्र बोहरा, पूर्ण टमटा, संगीता विक, दशरथ गिरी, बिरेन्द्र कार्की, धन सिंह खत्री, कल्पना कार्की र उनका डेढ वर्षका छोराको उपचार भईरहेको छ । 
 

कमेन्ट लोड गर्नुस