सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाइकलको ठक्करबाट मृत्यु भएकी महिलाको पहिचान खुल्यो

फाइल फोटो
फाइल फोटो
२०७७ कार्तिक २७, ०६:१८ खबर संवाददाता

धनगढी: कैलालीमा मोटरसाइकलको ठक्करबाट मृत्यु भएकी महिलाको पहिचान खुलेको छ ।

मृतक महिला अछामको कमलबजार नगरपालिका–१० घर भई हाल कैलालीको लम्कीचुहा नगरपालिका– ४ सगुने बस्ने भुनी देवकोटा रहेकी जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

महिलाको शव अझैँ टीकापुर अस्पतालमै रहेको का प्रहरी निरीक्षक दानबहादुर रोकायाले जानकारी दिए ।

गएराति लम्कीचुहा नगरपालिका वडा नम्बर ३ गोराङ्गेमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको से४प ९२५६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी उनको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

मोटरसाइकल र चालक ३६ वर्षीय प्रेम साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

कमेन्ट लोड गर्नुस