सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको बुढीगंगाका नगरप्रमुख शाहलाई कोरोना संक्रमण

२०७७ कार्तिक २७, ०३:११ प्रकाश सिंह

बाजुरा: बाजुराको बुढीगंगा नगरपालिकाका नगरप्रमुख दिपक बिक्रम शाहलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

केही दिनअघि स्वाब संकलन गरी अछामको कमलबजारमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा नगर प्रमुख शाहको कोरोना पोजेटिभ देखिएको बुढिगंगा नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख शाहले हाल टाटेँ स्वास्थ्य चौकीको क्वाटरमा रहेका बताएका छन् । साथै उनले आफ्नो स्वास्थ्यमा कुनै समस्या नभएको बताएका छन् । 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस