सुदूर नेपाललाई विश्वसँग जोड्दै

उच्च रक्तश्रावका कारण डोटीकी सुत्केरीको मृत्यु

२०७७ कार्तिक २६, ०६:४६ खबर संवाददाता

डोटी: डोटीमा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु भएको छ । दिपायल सिलगढी नगरपालिका–४ कुमालीकोटकी ३० वर्षीया डम्बरीदेवी साहु कठायतको गएराति मृत्यु भएको हो । 

४ दिनअघि दिपायलको राजपुरमा रहेको सुजंग अस्पतालमा सामान्य रुपमा शिशुलाई जन्म दिएकी उनको रक्तश्राव नरोकीएपछि अस्पतालले रेफर गरेको थियो ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको गएराति मृत्यु भएको जनाइएको छ । 


 

कमेन्ट लोड गर्नुस