सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाको कहरले छोएन भोटे जातीलाई, चिसो छल्न बेशीतिर

२०७७ कार्तिक २६, ०५:१२ प्रकाश सिंह

बाजुरा: कोरोनाको कहरका बिचमा पनि जनजाती समुदाय चिसो छल्न हिमालबाट बेशीतिर झरेका छन् । भेडा, च्याङ्गा र परिवारसहित उनीहरु न्यानो हुने स्थानतर्फ झरेका हुन । 

बाजुराको उत्तरी क्षेत्रका बासिन्दा, हुम्ला, र मुगुका स्थानीय हिउँदे याममा चिसो छल्न र हिमाली भेगमा खानलाउन समस्या हुने गरेका कारण बसाई सर्ने गर्दछन् । बसाइसराइका क्रममा उनीहरु बाजुराको दक्षिणी क्षेत्रको बाह्रबिस, कुल्देबमाडौ, यस्तै अछाम, डोटी र सुर्खेत जाने गर्दछन् । 

भेडाबाख्रा, गाईगोरु लिएर अछाम हिँडेका हिमाली गाँउपालिका–९ पाण्डुसेन बस्ने लोक गुरुङ्गले चिसो छल्न बसाइ सरिरहेको बताए । ‘हाम्रा लागि कोरोना भन्दापनि चिसो र जिविकोपार्जनको समस्या छ । त्यही भएर ७ जनाको परिवार लिएर अछाम जादैंछु’ उनले भने  । आफ्नो सबै सम्पति लिएर ६ महिनाको लागि अछामतिर लागेको उनले बताए ।  

बाजुरामा मात्र करिब १० हजार बढी जनसंख्या रहेको भोटे जनजातीहरु र अन्य समुदाय वर्षातका ४ महिनासम्म उत्तरी भेगमा पर्ने चीनतिर जाने गर्दछन् । यस्तै हिउँदमो समयमा बेशी झर्छन भने केही महिना मात्रै गाँउमा बस्ने गर्दछन् ।
सोही कारण जिल्लाको उत्तरी क्षेत्र, मुगु, हुम्लामा बसोवास गर्ने भोटे जनजातीका बालबालिका र महिला हिउँदको समयमा खोपबाट बञ्चित हुने गरेका छन् । 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस