धनगढीमा १८५ जना जेष्ठ नागरिकलाई कम्बल वितरण
धनगढी: धनगढीमा जेष्ठ नागरिकलाई कम्बल वितरण गरिएको छ । उप–महानगरपालिका वडा नम्बर १५ ले आफ्ना वडामा रहेका ७० वर्षभन्दा माथिका जेष्ठ नागरिक तथा ६० वर्ष भन्दा माथिका एकल महिलालाई कम्बल वितरण गरिएको हो ।
आर्थिक वर्ष २०७७/७८ को वार्षीक कार्यक्रम अन्तरगत बृद्धहरुलाई चिसो छल्न सहज होस भन्ने उदेश्यले कम्बल वितरण गरिएको वडाध्यक्ष फुलराम चौधरीले बताए ।
उनका अनुसार ३ सय एकल महिला र जेष्ठ नागरिक रहेको वडामा बुधबार १ सय ८५ जनालाई कम्बल वितरण गरिएको छ । अन्यलाई आगामी दिनमा कम्बल सहयोग गर्ने वडा अध्यक्ष चौधरीले बताए ।