सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा करिब डेढ लाख लाख बराबरको अवैध सामान बरामद

२०७७ कार्तिक २४, ०३:२० खबर संवाददाता

बैतडी: बैतडीमा करिब डेढ लाख लाख बराबरको अवैध सामान बरामद गरिएको छ । सशस्त्र प्रहरीको गस्ती टोलीले भारतको झुलाघाट नाका भएर अवैध रुपमा नेपाल भित्र्याइएको बिँडी बरामद गरेको हो । 

शनिबार राति जिल्लाको दशरथचन्द नगरपालिका–६ सुकुट्टीबाट १ लाख ३२ हजार बराबरको ६ पेटी बिँडी बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म बैतडीका सशस्त्र प्रहरी नायव उपरीक्षक गणेश शाहले जानकारी दिए ।

 बरामद गरिएको बिँडी आइतबार महाकाली भन्सार कार्यालय झुलाघाटलाई बुझाइएको उनले बताए । 

कमेन्ट लोड गर्नुस