सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुनर्वास नगरपालिकाकी वडा सदस्य सुनारको निधन

२०७७ कार्तिक २४, ०८:२८ रक्षा भट्ट

धनगढी : पुनर्वास नगरपालिका वडा नम्बर ४ बाट निर्वाचित महिला वडा सदस्यको मृत्यु भएको छ । 

वडा सदस्य टीका देवी सूनारको उपचारका क्रममा आइतबार मृत्यु भएको हो । किड्नी सम्बन्धी समस्याले ग्रसित उनको आइतबार दिउँसो ३ बजेतिरको समयमा घर लैजाने क्रममा मृत्यु भएको वडाका अध्यक्ष प्रेम बहादुर वस्नेतले बताए ।

वडाध्यक्ष वस्नेतका अनुसार वीर अस्पताल काठमाडौँबाट नियमित उपचार गराइरहेकी उनको स्वास्थ्यमा अचानक समस्या देखिएपछि बुधबार अस्पताल लगिएको थियो । डायलासिसका लागि भक्तपुर डायलासिस अस्पताल लगिएकी उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो । 

आईसीयूका लागि काठमाडौँ मेडिकल कलेज लगिएकामा उपचार सम्भव नभएको भन्दै फिर्ता पठाइएको थियो । त्यहाँबाट कोहलपुर अस्पतालमा पनि आईसीयू नपाई धनगढी ल्याइएको आफन्तले बताएका छन् । धनगढीको निसर्ग अस्पतालमा एकदिन मात्रै आईसीयूमा राखेर घर ल्याउने क्रममै उनको मृत्यु भएको वडाध्यक्ष वस्नेतले जानकारी दिए । 

वडा सदस्य सूनारका ११ र ८ वर्षीय २ छोरा छन् ।

रक्षा भट्ट दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछिन्।

कमेन्ट लोड गर्नुस