बैतडीमा सेना र प्रहरीसहित थप ४ जनामा कोरोना पुष्टि
बैतडी: बैतडीमा नेपाली सेनाका जवान र प्रहरी जवान सहित थप ४ जनामा कोरोना भाइरसको सक्रमाण पुष्टि भएको छ ।
आइतबार जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो ।
नेपाली सेनाको हनुमानध्वज गुल्ममा कार्यरत ३६ वर्षीय पुरुष, जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३५ वर्षीय पुरुष, दशरथचन्द नगरपालिका ९ का २२ वर्षीय पुरुष र सुर्नया गाउँपालिका ३ का २३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका कोभीड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए ।
नेपाली सेना र प्रहरीका संक्रमित दुवै जना आइसोलेसनमा छन् भने दशरथचन्द नगरपालिका ९ का संक्रमित पुरुष र सुर्नया गाउँपालिका ३ का संक्रमित पुरुष होम आइसोलेसनमै बसीरहेका उनले बताए ।
उनीहरुको स्वास्थ्य अवस्था समान्य रहेको बताइएको छ ।