सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप २८१७ जनामा कोरोना संक्रमण

२०७७ कार्तिक २३, ०४:२५ खबर संवाददाता

धनगढी : नेपालमा थप २ हजार ८ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ। 

आज देशभर २ हजार ८१२ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ५७ हजार ९२६ जना निको भएका छन्। 

आज देशभर ३५ हजार ४१९ जना सक्रिय संक्रमित छन्।
 

कमेन्ट लोड गर्नुस