पाँच सयले बढ्यो सुनको मूल्य
काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५०० ले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० तोकेको छ ।
शुक्रबार छापावाला सुन प्रतितोला ९७ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७०० मा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य प्रतितोला २० ले वृद्धि भई एक हजार २७५ पुगेको छ ।