सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको मार्मामा कोभिड अस्पतालको उद्घाटन

२०७७ कार्तिक २३, ०३:१४ नरेन्द्र कार्की

दार्चुला: दार्चुलाको मार्मा गाउँपालिकामा अस्थायी कोभिड–१९ अस्पतालको उद्घाटन गरिएको छ । कोरोना भाइरसबाट संक्रमितहरुको उपचार गर्नका लागि गाउँपालिकाले लटिनाथमा ५ शैयाको कोभिड –१९ कोरोना अस्पतालको गाउँपालिका अध्यक्ष जमनसिह धामीले उद्घाटन गरेका छन् । 

स्वास्थ्य मन्त्रालयले देशभर रहेका सबै स्थानीय तहहरुमा कोभिड–१९ कोरोना अस्पताल बनाउनका लागि बजेट विनियोजन गरेपछि मार्मा गाउँपालिकाले अस्पतालको उद्घाटन गरेको हो । जिल्लाका ६ वटा स्थानीय तहले अझै अस्पतालको उद्घाटन गर्न सकेका छैनन् ।

मार्मा गाउँपालिकाले भने अस्पतालको सम्पूर्ण कार्य पूरा गरी आइतबारदेखि औपचारिक रुपमा सेवा सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष जमनसिह धामीले जानकारी दिए । अस्पतालको व्यवस्थापकीय कार्य पूरा गरि सेवा सञ्चालनमा ल्याएर उद्घाटन गरिएको छ ।

१० लाखको लागतमा बनेको अस्पतालमा गाउँपालिकाले एक जना डाक्टर, दुई जना स्टाफ नर्स, र एक जना कार्यालय सहयोगी भर्ना गरेको छ ।

अस्थायी कोभीड अस्पातल सञ्चालनका लागि आएको १० लाख बजेट मध्ये स्थानीय तहहरुले ५ लाख बेड लगायतका सामग्री खरीदमा खर्च गर्नुपर्नेछ भने ५० हजार बराबरको औषधि खरीद गर्नुपर्नेछ ।

यस्तै ४ लाख ५० हजार जनशक्ति परिचालनमा खर्च गर्नुपर्नेछ । यी अस्पताल ३ महिनाका लागि सञ्चालन गर्नुपर्ने भएकाले स्थानीय तहमै भएका स्वास्थ्य संस्थाहरुमा यी अस्पतालहरु सञ्चालन गर्नुपर्ने बताइएको छ ।

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस