बैतडीमा श्वासप्रश्वास सम्बन्धी बिरामीको संख्या बढ्यो
बैतडी: मौसममा आएको परिवर्तनसंगै बैतडीमा श्वासप्रश्वास सम्बन्धी बिरामीको संख्यामा बृद्धी भएको छ । केहि दिनदेखि जिल्ला अस्पताल बैतडीमा बिरामीको चाप बढ्दै गएको अस्पतालमा प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए ।
उनका अनुसार दम, रुघाखोकी, निमोनिया लगायतका बिरामीको संख्या बढ्दै गएको छ । चिसोको मौसम सुुरु भएकाले श्वासप्रश्वासका बिरामीको संख्या बढ्दै गएको उनले बताए ।
यो समयमा चिसोबाट बालबालिका र दमका रोगीहरुलाई बचाउनुपर्नेमा उनले जोड दिएका छन् । चिसोको समयमा कोरोना भाइरसको जोखिम पनि बढ्ने भएकाले चिसोबाट बच्नु उपयुक्त हुने डा. जोशीको भनाई छ ।