हाजार्ड र कासमिरोलाई कोरोना पुष्टि
२०७७ कार्तिक २२, ०५:१९
काठमाडौं : रियल मड्रिडका दुई खेलाडीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । इडेन हजार्ड र कासमिरोको कोरोना परीक्षण पोजेटीभ आएको गोल डटकमले जनाएको छ ।
क्लबले शुक्रबार बिहान खेलाडी र व्यवस्थापनका सबैको स्वाब संकलन गरेको थियो । ती मध्ये उनीहरु दुवैको रिपोर्ट पोजेटिभ आएको जनाइएको छ ।
कमेन्ट लोड गर्नुस