सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा निर्धनद्वारा समूहका ३९ जना सदस्यलाई अनुदान रकम सहयोग

२०७७ कार्तिक २२, ०५:११ खबर संवाददाता

अछाम : निर्धन उत्थान लघुवित्त वित्तीय संस्था अछाम शाखाले कोरोना भाइरसबाट प्रभावित विभिन्न समूहका सदस्यहरूलाई अनुदान रकम सहयोग गरेको छ । 

शनिबार जिल्लाको मंगलसेन नगरपालिकाका विभिन्न वडामा रहेका समूहका सदस्यहरूलाई शाखाले प्रति सदस्य १० हजारका दरले ३९ जनालाई अनुदान रकम सहयोग गरेको हो । 

कोरोना महामारीका बेला व्यवयाय गरिरहेका एवं समस्यामा परेका सदस्यहरूलाई व्यवसाय पुनः स्थापना राहत तथा अनुदान कार्यक्रमअन्तर्गत ३ लाख ९० हजार रूपैयाँ सहयोग गरिएको शाखा कार्यालय प्रमुख ओमनाथ तिमिल्सिनाले जानकारी दिए । 

उनले समाजमा सबै क्षेत्रबाट पछि परेका र पारिएका महिलाहरूको क्षेत्रमा काम गर्न पाएकामा खुशी व्यक्त गर्दै संस्थाका यस्ता आयमूलक गतिविधिले समाजका महिलाहरूको आर्थिक अवस्था वलियो हुनेमा विश्वस्त रहेको बताए ।

कमेन्ट लोड गर्नुस