सुदूर नेपाललाई विश्वसँग जोड्दै

बलात्कारी होस् तँ भन्दै धनगढीमा प्रर्दशन

२०७७ कार्तिक २२, ०३:४१ खबर संवाददाता

धनगढीः देशभरी बलात्कारका घटनामा बृद्धि भएको भन्दै धनगढीमा विरोध प्रदर्शन भएको छ । बलात्कारका घटना वृद्धि भइरहेको बेला यस्ता घटनामा संलग्नलाई कडा कारबाहीको माग गर्दै आइतबार धनगढीको पार्कमोडमा प्रर्दशन भएको छ ।

स्थानीय युवतीहरुले कालो कपडा लगाएर तथा हात र आँखामा कालो पट्टी बाँधेर विरोध जनाएका थिए । उनीहरुले ‘राज्य बलात्कारी होस् तँ’ भन्दै बाजासहित नारा समेत लगाएका थिए । साथै उनीहरुले ‘अझै कति सहने’, ‘नो मिन्स नो, ‘इट वाज नट हर ड्रेस इट वाज योर इभिल माइण्ड’ लगायतका नारा लेखिएका प्लेकार्डसहित प्रर्दशन गरेका थिए । 

नेपालको सातै प्रदेशमा आज एकै समयमा प्रदर्शन गरेको प्रदर्शनकारी मध्ये एक करिस्मा ठकुरीले बताइन । 

कमेन्ट लोड गर्नुस