सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा कोरोना परीक्षणका लागि स्वाब संकलन हुनै छाड्यो

२०७७ कार्तिक २२, ०२:५७ खबर संवाददाता

अछाम: अछाममा कोरोना परीक्षणको लागि स्वाब संकलन हुन छोडेको छ । जिल्लाको एकमात्र कमल बजार नगरपालिकाले स्थापना गरेको पिसीआर प्रयोगशालामा हाल क्षमताभन्दा न्यून मात्रामा कोरोना परीक्षण हुने गरेको छ । 

कुनैबेला २४ घण्टामा १ सय २८ जनाको कोरोना परीक्षण गरेको प्रयोगशालाले हाल दिनमा मुस्किलले ९ जनाको परीक्षण गर्दै आएको प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर बिष्टले बताए । 

परीक्षणको लागि स्वाव संकलन हुन छोडेकाले प्रयोगशालामा कार्यरत स्वास्थकर्मीहरु समेत फुर्सदिला बनेका छन् । देशका विभिन्न ठाउँमा कोरोना संक्रमण बढ्दै गइरहेका बेला अछाममा कोरोनाको जोखिम बढ्दै गएको छ ।


 

कमेन्ट लोड गर्नुस