सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कोभिड अस्पताल संक्रमितले भरियो, १७ जनाको अवस्था गम्भीर

२०७७ कार्तिक २२, ०१:२५ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा स्थापना गरिएको कोभिड अस्थायी अस्पताल कोरोना संक्रमितले भरिएको छ ।

सेती प्रादेशिक अस्पतालले व्यवस्थापन गरिरहेको ५० शैयाको अस्थायी अस्पतालमा शनिबार दिउँसो सम्म ४९ जना संक्रमित भर्ना भएका छन् ।

‘कोभिड अस्थायी अस्पतालको क्षमता ५० शैया थियो । हामी कहाँ अहिले सम्म ४९ जना संक्रमति भर्ना भएका छन्,’ सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले दिनेश खबरसँग भने, ‘अस्पताल प्रशासन र व्यवस्थापन समितिबीच अब कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल चलिरहेको छ ।’

सूचना अधिकारी श्रेष्ठका अनुसार कोभिड अस्पता भर्ना भएका मध्ये ३२ जनाको जनरल वार्डमा उपचार भइरहेको छ भने १७ जना गम्भीर संक्रमितको आइसियु र भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

अस्पताल भर्ना हुनेमा सबैभन्दा धेरै कैलालीका ३८ जना संक्रमित छन् भने कञ्चनपुरका ४, डडेल्धुराका २, अछामका २, दार्चुला, बझाङ र बैतडीका १/१ जना संक्रमित रहेका छन् ।  
 

कमेन्ट लोड गर्नुस