सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा प्रहरी बन्न आवेदन दिनेको भीड, ५ दिनमा ६५० जनाले फारम भरे

२०७७ कार्तिक २२, ०८:१९ खबर संवाददाता

धनगढीः कैलालीमा नेपाल प्रहरीको सेवा प्रवेशका लागि आवेदन दिनेको घुईचो लागेको छ ।

जिल्ला प्रहरी कार्यालयमा प्रहरी बन्नका लागि आवेदन दिनेको घुईचो लाग्ने गरेको छ । कार्तिक १६ गतदेखि दरखास्त फारम खुल्ला गरिएपछि प्रहरी सेवा प्रवेशका लागि आवेदन दिनको भीड लाग्ने गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले कार्तिक १६ देखि हाल सम्म ६ सय ५०  जनाले आवेदन फारम भरेको जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक विष्टका अनुसार आवेदन दिनेमा ५ सय २० जना पुरुष र १ सय ३० जना महिला रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयले संकलन गरेका आवेदन फारम प्रदेश प्रहरी कार्यालयमा पठाइने उनले बताए ।
 

कमेन्ट लोड गर्नुस