सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका थप ४१ जनामा कोरोना पुष्टि

२०७७ कार्तिक २१, ०४:१८ खबर संवाददाता

धनगढीः धनगढीका थप ४१ जनामा संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले  वडा नम्बर १ का ८ जना, वडा नम्बर २ का ९ जना वडा नम्बर ३ का ५ जना, वडा नम्बर ४ का ६ जना, वडा नम्बर ५ का ४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यस्तै वडा नम्बर ६,र १२  तथा वडा नखुलेका २/२ जना, वडा नम्बर ८, ९ र १० का १/१ जनामा संक्रमण पुष्टि भएको श्रेष्ठले बताए । 
 

कमेन्ट लोड गर्नुस