धनगढीमा परालको थुप्रोमा आगलागी
२०७७ कार्तिक २१, ०२:४५
धनगढीः धनगढीमा परालको थुप्रोमा आगलागी भएको छ ।
उपमहानगरपालिकाको वडा नम्बर १५ को उर्मी गाउँमा स्थानीय राधे रानाको परालको थुप्रोमा आगलागी भएको हो ।
आगलागीबाट पराल जलेर नष्ट भएको वडा नम्बर १५ का अध्यक्ष फुलराम चौधरीले बताए । स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएपनि आगलागी कसरी भयो भन्ने कुरा नखुलेको उनले बताए ।
कमेन्ट लोड गर्नुस